पोखरा, साउन २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भदौ १५ पछि सरकार जनतालाई अनुभूत हुने गरी कामा उत्रने बताएकी छन् ।
पोखरामा पत्रकारहरुसँग उनले संघीयता र पार्टी एकताको ब्यवस्थापन मिलाउन केही समय लागेकाले जनताले कामको अनुभूति गर्न नपाएको तर्क गरिन् ।
मन्त्री अर्यालले चार÷पाँच महिनामै सरकारको समीक्षा गर्न नहुने पनि बताइन् । उनले स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औंल्याउँदै व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया