श्रीमान्बाटै हत्या गरिएकी साकरुनको शव भेटियो

news

बाँके, साउन २५ । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६, हिरमिनियामा श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२३, जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

उनकै बयानका आधारमा शव भेटिएको हो ।

भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनका दुई छोरा छन् ।

शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल–भारत सीमास्थित भारतीय जंगलनजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

डेढ महिनाअघि विदेशबाट आएका ३० वर्षीय शेषले श्रीमतीको आचरणमाथि शंका लागेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

गत मंगलबार नै हत्या गरी शेष प्रहरी कार्यालयमा हाजिर भइ आत्मसमर्पण गरेका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया