उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

news
फाइल तस्वीर ।

सियोल, साउन २५ । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत् आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाल स्थगित गरेको तथा आणविक परीक्षण केन्द्रहरु बन्द गरेको जनाएको छ ।

तर, अमेरिकाले एकपक्षीयरुपमा पहिले आणविक हतियारविहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेकामा उत्तरले कडा आपत्ति जनाएको छ ।

‘अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ । यो विगतमै असफल भइसकेको सिद्धान्त हो’–उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।

‘यही रबैया जारी रहेमा कोरियाली द्वीपमा स्थायित्व ल्याउने पछिल्ला प्रयासहरु सफल हुनेमा कुनै प्रत्याभूति छैन’–प्रवक्ताले भनेका छन् ।

यद्यपि, उत्तर कोरियाली ती अधिकारीले भनेका छन्–‘विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको इमान्दारीका साथ कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध छ ।’

‘ढिलै भएपनि संयुक्तराज्य अमेरिकाले हाम्रा इमान्दार प्रयासहरुलाई सहीरुपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ’–मन्त्रालयले भनेको छ । रासस/योन्हाप

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया