बाढी–पहिरोको त्रास (भिडियो)

news

दीपक श्रेष्ठ/देवेन्द्र महर्जन (इमेज)

काठमाडौं, साउन २५ । वर्षात्को मौसम सुरु हुनेबित्तिकै देशभर एक खालको त्रास बढ्ने गर्छ ।

कति बेला ठूलो वर्षा हुने हो ? कतिबेला पहिरो र बाढीले जनधनको क्षति पुर्‍याएको खबर सुन्नुपर्ने हो ? सबैको ध्यान त्यतै तानिएको हुन्छ ।

यस वर्ष पनि वर्षात् सुरु भएपछि दर्जनौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा वर्षेनि बाढी–पहिरोमा परेर सयौंले ज्यान गुमाउँछन् भने त्यत्तिकै संख्यामा अंगभंग र घाइते हुने गर्दछन् । करोडौंको धनमालको क्षति हुनु नियतिझैं भएको छ ।

हरेक वर्ष मनसुन सुरु हुने समय नजिकिँदै जाँदा हिमाल, पहाड र तराई सबैतिर त्रासझैं हुन्छ ।

अघिल्ला वर्षहरुमा झैं यस वर्षको वर्षात्ले देशका विभिन्न स्थानमा बाढी–पहिरोमात्र ल्याएको छैन, थुप्रैको ज्यान लिएको छ ।

यस वर्ष वर्षात् सुरु भएयता पहिरोमा परेर जाजरकोटमा ९ जना, रसुवामा ९, बझाङ, खप्तड, छान्नामा ४, गोरखा, सहिद लखन गाउँपालिकामा ३, धादिङ, खनियाँबासमा ५ जना र बाग्लुङ, बरेङ गाउँपालिकामा एकै घरका ३ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानमा परेर विस्थापित बन्नेको संख्या हजारौं भइसकेको छ । सयौंको संख्यामा घाइते भएको गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका प्रमुख केदार न्यौपानेले जानकारी दिए ।

यद्यपि, अघिल्ला वर्षका तुलनामा यस वर्ष यस्ता घटना कमै भएको मान्नुपर्ने न्यौपानेको भनाइ छ ।

कुनैपनि बेला हुनसक्ने प्राकृतिक विपद्बाट बच्न उद्दारका लागि स्थानीय निकाय, प्रहरी प्रशासन, नेपाली सेनालाई २४ सै घन्टा सतर्क अवस्थामा राखिएको न्यौपानेले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया