अफगानिस्तानमा दोहोरो भिडन्तमा ‘३० तालिबान विद्रोही मारिए’

news

काठमाडौं, साउन २५ । अफगानिस्तानमा तालिबान विद्रोही र सुरक्षाकर्मीबीचको दोहोरो भिडन्तमा ३० जना तालिबान विद्रोही मारिएका छन् । एकजना सुरक्षाकर्मीको पनि मृत्यु भएको छ ।

राजधानी काबुल र कान्दाहारको सीमा क्षेत्र गज्नी सहर आफ्नो नियन्त्रणमा लिएको तालिबान समूहलाई धपाउनेक्रममा भिडन्त भएको जनाइएको छ ।

अफगानी सुरक्षाकर्मी र तालिबान विद्रोहीबीच एक घन्टासम्म भएको भिडन्तमा थुप्रै घरहरुमा क्षति पुग्नुका साथै दर्जनौं सवारी–साधन ध्वस्त भएका छन् ।

घटनामा ८ जना गैरसैनिक र सात सुरक्षाकर्मी घाइते भएका छन् । घटनालगत्तै सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पछिल्लो समय तालिबान विद्रोहीले अफगानिस्तानका मुख्य–मुख्य सहरहरु कब्जामा लिने प्रयासमा दोहोरो भिडन्त हुने गरेको छ ।

केही समयअघि तालिबान विद्रोहीले अफगानिस्तानको पश्चिमी सहर फराह आफ्नो कब्जामा लिएको थियो ।

यस्तै, सन् २०१५ मा उत्तरको कुन्डुज आफनो नियन्त्रणमा लिएको थियो 

यी दुईओटै सहर कब्जामुक्त गर्नका लागि त्यहाँको सरकारी सेनाले प्रयास जारी नै राखेको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया