आपराधिक घटना बढेकोप्रति सर्वसाधारण चिन्तित (भिडियो)

news

सरोज अधिकारी/लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, साउन २५ । पछिल्ला दिनमा अपहरण, हत्या, बलात्कारजस्ता आपराधिक घटना बढेकोप्रति सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् ।

फितलो कानुन र राजनीतिक तथा आर्थिक चलखेलबाट पीडक चोखिने गरेका कारण पनि घटना नियन्त्रणमा आउन नसकेको आममानिसको बुझाइ छ ।

पछिल्लो हप्तामात्र हत्या, अपहरण, बलात्कारजस्ता जघन्य घटनाहरु भए । बलात्कारका घटना त झन् बढिरहेका छन् ।

सरकारले प्रयाप्त सुरक्षा दिन सकेको छैन । घटना भइसकेपछिमात्र त्यसको छानबिन गर्ने र अपराधी खोज्ने काममामात्र सुरक्षा निकायकेन्द्रित देखिन्छ ।

सर्वसाधारणहरु भने पछिल्ला दिनका घटनाबाट त्रसित बनेका छन् । घरबाट निस्किएका आफ्ना सन्तान सकुशल घर फर्कन्छन् कि फर्कंदैनन् भन्ने चिन्ता फेरि बढ्न थालेको छ ।

सुरक्षा निकायको पूर्वतयारीको अभाव र जनतालाई ‘म सुरक्षित छु’ भन्नेमा आश्वस्त बनाउन नसक्नु राज्यको गैरजिम्मेवारपन हो ।

पैसा तिरेर छुट्ने तथा राजनीतिक पहुँच प्रयोग गरेर अपराधी छुट्ने प्रवृत्तिले यस्ता घटना बढेको भन्दै सरकारले यसबारे गम्भीर ध्यान दिनुपर्नेमा सर्वसाधारणको जोड रहेको छ ।

महिलाहरु त बलात्कारजस्ता जघन्य अपराधमा संलग्न हुनेलाई जन्मकैद तथा मृत्युदन्डको व्यवस्था हुनुपर्ने ठान्दछन् ।

अपराध बढ्नुमा आममानिसको बुझाइ लगभग एउटै छ । कानुन फितलो भएका कारण अपराधीहरु उम्कने र फेरि सोही कर्ममा लाग्ने उनीहरुको बुझाइ छ ।

राजनीतिक नेतृत्व, सरकार र कतिपय प्रहरी संयन्त्रका व्यक्तिहरु नै अपराधीको संरक्षणमा उत्रने र कारबाहीलाई निस्तेज पार्न लाग्नाले पनि घटनाहरु दोहोरिरहेको भनाइ छ, सर्वसाधारणको ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया