नेकपाकै सांसदहरुले भने–‘अर्थमन्त्री खतिवडालाई हटाइयोस्’ (भिडियो)

news

काठमाडौं, साउन २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले नै अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा प्रदेश नम्बर–५ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुसँगको छलफलकाक्रममा उनीहरुले बजेटकै कारण सरकार असफल हुने अवस्था आएको भन्दै अर्थमन्त्री परिवर्तन गरेर अघि बढ्न सुझाव दिएका हुन् ।

छलफलमा सहभागी अधिकांश सांसदहरुले बजेटपछि जनतामा निराशा बढेको भन्दै सरकारलाई अलोकप्रिय बनाउन अर्थमन्त्रीको भूमिका बढी देखिएकाले उनलाई हटाउन सुझाव दिएको सांसदहरुले बताएका छन् ।

प्रदेश सांसदहरुलेसमेत अर्थमन्त्री डा. खतिवडाको आलोचना गर्दै ‘गल्ती भइसकेको छ । अब ‘करेक्सन’ गर्नुपर्छ’ भन्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिएको बुझिएको छ ।

सांसदहरुले यातायातको ‘सिन्डिकेट’ खारेज गर्ने र ठेकेदारमाथिको विषय चर्चामै सीमित रहेको, जनताले राहतको सट्टा करको भारी व्यहोर्नुपरेकोलगायतका गुनासो पनि प्रधानमन्त्री ओलीसँग गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने पूर्ववर्ती शेरबहादुर देउवा सरकारमाथि दोष थोपर्ने कोसिस गर्दै अघिल्लो सरकारले देश खोक्रो बनाएकाले जनताका अपेक्षा पूरा गर्न नसकेको बताएका थिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया