‘नियुक्तिपत्र लिन कर्मचारीकै अनिच्छा’

news

काठमाडौं, साउन २५ । मनोरन्जन क्षेत्रका व्यवसायीहरुले कर्मचारीहरु स्वंयले नियुक्तिपत्र लिन अनिच्छा देखाउने गरेको दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा विश्वास नेपालले आयोजना गरेको कार्याक्रममा उनीहरुले कर्मचारीहरुले नै नियुक्तिपत्र, सेवा–सुविधा र कामको निरन्तरताप्रति अनिच्छा देखाउने गरेकाले श्रम समस्याहरु सिर्जना हुने गरेको दाबी गरे ।

मनोरन्जन क्षेत्र डान्सबार, रेस्टुरेन्टलगायत क्षेत्रमा कार्यरत् महिला श्रमिकमाथि बढी श्रमशोषण, यौनहिंसा गरेको विश्वास नेपालले जनाएको छ ।

कार्यक्रममा ट्रेड युनियनकर्मीहरुले व्यवसायीहरुले श्रम ऐनअनुुसार कामदार, श्रमिक र कर्मचारीहरुलाई सेवा, सुविधा र सुरक्षाको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया