‘दोहोरो अंकको आर्थिक वृद्धिका लागि लगानी बढाउनु अपरिहार्य’

news

काठमाडौं, साउन २५ । बंगलादेशका ऊर्जा राज्यमन्त्री नार्सुल हमिदले नेपालसँग ऊर्जा उत्पादनका लागि सहकार्यको समझदारी भएकोमा खुसी व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयन हुने आशा व्यक्त गरेका छन् ।

शुक्रबार राजधानीमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले गरेको छलफल कार्यक्रममा उनले सो समझदारीको प्रभावकारी कार्यान्वयन हुने आशा व्यक्त गरेका हुन् ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीको उचित वातावरण बनाउन सरकार क्रियाशील रहेको उल्लेख गरे ।

दोहोरो अंकको आर्थिक वृद्धिका लागि लगानी बढाउनु अपरिहार्य रहेकाले बोर्ड त्यसका लागि सक्रिय रहेको उनले उल्लेख गरे ।

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाइँले नेपालको निजी क्षेत्र बगंगलादेशसँग व्यापार गर्न तयार रहेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया