ट्रेड युनियन कांग्रेसमा पौडेल–सिटौला प्यानलका पुष्कर आचार्य विजयी

news

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौंला समूहका पुष्कर आचार्यको प्यानल विजयी भएको छ ।

शनिबार बिहान प्राप्त  नतिजाअनुसार पौडेल समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका आचार्यले विजय प्राप्त गरेका हुन ।

आचार्यले ८ सय १८ मत ल्याए भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलका खिलानाथ दाहालले ५३३ मत मात्र प्राप्त गरे 

त्यस्तै गरी वरिष्ठ उपाध्यक्षमा आचार्य प्यानलकै महेन्द्र प्रसाद यादब ७५८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी अयोध्याप्रसाद यादव ५६७ मत ल्याए ।

खुल्ला उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ७९९ मत ल्याए भने अर्का उपाध्यक्ष अजय कुमार राईले ७७३ मत ल्याएर विजयी भए । प्रतिस्पर्धीद्धय डिपी अर्यालले ४५० मत र बमबहादुर डिसीले ४१६ मत ल्याए ।

त्यस्तैगरी महिला उपाध्यक्षतर्फ इन्दिरा सापकोटाले ७२२ मत ल्याएर विजयी भइन । उनकी प्रतिस्पर्धी कल्पना अधिकारीले ५९६ मत ल्याइन ।

उपाध्यक्ष(सेवातर्फ)मा नेत्रविक्रम थापाले ७६१ मत ल्याएर विजयी भए भने शंकर ५२८ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्ष (उत्पादनतर्फ) ललितबहादुर श्रेष्ठले ८१४ मत ल्याएर विजयी भए भने युवराज लामाले ४७६ मत मात्र प्राप्त गरे ।

उपाध्यक्ष(अनौपचारिक तथा रोजगार तर्फ)आशा सिंह राठौरले ८०२ मत ल्याएर विजयी भए भने नुर महम्मत रैनले ४९५ मत मात्र प्राप्त गरे ।

महासचिबमा योगेन्द्र कुमार कुँवरले ७६९ मत ल्याए भने संजयप्रसाद मिश्रले ५५१ मत प्राप्त गरे ।

अन्य पदाधिकारीहरुमा पनि पौडेल–सिटौला प्यानलले नै बर्चस्व हासिल गरेको छ भने खुल्ला केन्द्रीय सदस्यमा दाहाल प्यानलका एक जनाले मात्र विजयी हासिल गरेको खबर प्राप्त भएको छ । अन्तिम मत परिणाम सार्बजनिक हुन भने बाँकी छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया