केरुङसम्म पुग्ने राम्चे-धुन्चे खण्डको यातायात सेवा जोखिमपूर्ण

news

रसुवा । बर्षासँगै कालोपत्रे उक्किएर सडकमा खाल्टाखुल्टी भएपछि पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको राम्चे–धुन्चे खण्डको यातायात सेवा जोखिमपूर्ण बनेको छ

सदरमुकाम धुन्चे जोडिने सडकको कालोपत्रे उक्किएर ठूलाठूला खाल्डा बनेपछि यातायात सेवा नै जोखिमपूर्ण बनेको हो ।

राम्चेदेखि धुन्चेसम्मको १६ किलोमिटर सडकमध्ये ठाडे–धुन्चे खण्डमा ८० प्रतिशत कालोपत्रे उक्किएर खाल्डाखुल्डी परेको छ । योसँगै सवरी चालक तथा यात्रुलाई सास्ती भएको हो ।

चीनको केरुङतर्पm जाने कन्टेनर तथा विभिन्न जलविद्युत् आयोजनाका सामग्री ल्याउने सवारी साधन यही बाटो भएर गुड्ने भएकाले राजमार्गमा सवारी चाप बढ्दै गएको छ । तर सडकको अवस्था खस्किँदै गएकाले समस्या भएको हो ।

विश्व वैंकको आर्थिक सहयोगमा सात वर्षअघि कालिका कन्स्ट्रक्सनले सडक कालोपत्रे गरेको थियो ।

सडकको क्षमताभन्दा बढी भार बोकेर चल्ने सवारी साधनका कारण पनि सडकको अवस्था नाजुक बनेको बताइएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया