पाँचथरमा खडेरीका कारण खाद्यान्न संकट हुनसक्ने

news

पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिकामा खडेरीका कारण खाद्यान्न संकट हुने देखिएको छ ।

वर्षातको समयमा पनि पानी नपरेपछि बाली लगाउन नपाउँदा खाद्यान्न संकट हुने भएको हो ।

साउन बित्नलाग्दासमेत पानी नपर्दा खाद्यान्न संकट हुने अवस्था आएको तुम्बेवा–२ चुवाडे हाकपाराका टंक खड्काले बताए ।

वैशाख र जेठमा सामान्य पानी परेकाले मकै, बदाम, जुनेलो, दलहनलगायत बाली लगाएका किसान त्यसपछि पानीको पर्खाइमा छन् ।

अहिलेसम्म पानी नपर्दा थप बाली लगाउन नपाएपछि वर्षभरी के खाने भन्ने चिन्ता भएको स्थानीय बताउँछन् । खडेरीकै कारण किसानले लगाएको मकैसमेत सुकिसकेको छ ।

तुम्बेवा गाउँपालिकाका प्रमुख होमनाथ थापाले खडेरीका कारण तुम्वेवा गाउँपालिकाको सबैभन्दा बढी वडा नम्बर १, २ र ३ का ढुकुरे, देवानगाउँ, थेबाङ, चुवाडे, खैरेनी, मेवा, साकफारा, पिप्ले, रातमाटेलगायत क्षेत्रका झन्डै १ हजार २ सय घरधुरी प्रभावित भएको बताए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया