मलेसियाले पठायो समझदारीपत्रको मस्यौदा

news

काठमाडौं, भदौ ५ । मलेसियाले नेपाली कामदार लैजानेबारे द्विपक्षीय समझदारी गर्न नेपार सरकारसमक्ष औपचारिक प्रस्ताव पठाएको छ ।

मलेसियाको परराष्ट्र मन्त्रालयमार्फत् आएको समझदारी (एमओयु)को मस्यौदा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा आइपुगेकोे हो ।

मस्यौदामाथि छलफल सुरु भएको जनाइएको छ ।

पछिल्लोपटक नेपालले उठाएका श्रमिकका मुद्दाहरुमा अधिकतम् सम्बोधन हुनेगरी मलेसियाले समझदारीको प्रस्ताव गरेको बताइएको छ ।

झन्डै दुई महिनादेखि नेपालले मलेसियामा कामदार पठाउन रोकेको छ । भिसा प्रक्रियामा अवैधानिक र एकपक्षीय संयन्त्रहरु खडा गरी ठगी गरिएको भन्दै कामदार पठाउन रोकिएको हो ।

पछिल्लो समयमा मलेसियामा सुरक्षा क्षेत्रमा कामदार अभाव चर्किएको छ । योसँगै मलेसिया आफैं नेपालसँग औपचारिक संवादमा आएको हो ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले समझदारीमार्फत् नै नेपालसँग उत्पन्न असमझादी र समस्या हटाएर नेपालबाट कामदार आपूर्ति सुचारु गर्ने बताइसकेका छन् ।

समझदारीको ड्राफ्टमा नेपाली कामदारको हितका के–कस्ता विषयहरुहरु थप गरेर प्रस्ताव गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न विज्ञहरुसँग पनि छलफल गरिरहेको जनाइएको छ ।

छलफल तीव्ररुपमा अघि बढेकाले मलेसियासँगको समस्या छिट्टै समाधान हुने विश्वास अधिकारीहरुको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया