बलात्कारविरुद्ध चितवनका महिला सडकमा

news

चितवन, भदौ ८ । यौनजन्य हिंसाविरुद्ध चितवनका महिला अधिकारकर्मीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका छन् ।

दुई दर्जन बढी संघ–संस्थाहरुको सहकार्यमा भरतपुरमा मौनरुपमा विरोध प्रदर्शन गर्नुका साथै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर बुझाइएको छ ।

भरतपुर महानगरपालिका कार्यालयअगाडिबाट सुरु भएको विरोधर्‍याली वीरेन्द्र क्याम्पसचोक, चौबिसकोठी, मालपोतचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो ।

महिला अधिकारकर्मीहरुले हिंसाविरुद्ध संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएका थिए ।

र्‍यालीमा सहभागीहरुले ‘म मौन छु तर कमजोर छैन’, ‘असल पुरुषले बलात्कार गर्दैनन्’, हिंसाविरुद्ध एकजुट होऔं’, ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्न, हिंसाको प्रतिकार गर्छु,’, ‘अबको गन्तव्य यौनजन्य हिंसाको अन्त्य’लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

त्यसक्रमममा महिलासँगै विभिन्न संघ–संस्थामा आवद्ध पुरुष, विद्यार्थी र सर्वसाधारणहरु सहभागी थिए ।

र्‍यालीमा सहभागी महिला तथा विद्यार्थीहरुले पछिल्लो समय देशमा बलात्कारका घटना बढेकाले अब सबै क्षेत्रबाट चेतना फैलाउने र दोषीलाई कारबाही गर्न दबाब दिनुपर्नेमा जोड दिएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...