भदौ १३ देखि १५ गतेसम्म उपत्यकामा जोर–बिजोर नम्बरका आधारमा सवारी साधन सञ्चालन हुने

news

काठमाडौं, भदौ ९ । बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा तीन दिनसम्म राजधानीमा निजी तथा भाडाका सवारी साधनलाई जोर–बिजोर नम्बरका आधारमा सञ्चालन हुने व्यवस्था गरिएको छ ।

सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका सरकार/राष्ट्रप्रमुख सहभागी हुने भएकाले उपत्यकाको सवारी आवागमनलाई सहज र व्यवस्थित तुल्याउन जोर–बिजोर नम्बर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

भदौ १३ गतेदेखि १५ गतेसम्म तीन दिन उपत्यकाभित्र चल्ने सम्पुर्ण निजी तथा भाडाका सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरिएको महाशाखाले जनाएको छ ।

जसअनुसार भदौ १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारी साधनमात्र सञ्चालन गरिने भएको छ भने भदौ १४ गते जोर नम्बर प्लेटका सवारी साधनमात्र सञ्चालन हुन पाउनेछन् । सवारी साधनको अन्तिम दुई अंकको आधारमा जोर र बिजोर छुट्याईने महाशाखाले जनाएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...