चुरे क्षेत्रका मानव बस्ती तथा खेतीयोग्य जमिन जोखिममा

news

सिन्धुली, भदौ ९ । सरकारी निकायले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा चुरे क्षेत्रका मानव बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्न थालेका छन् ।

सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीमा पर्ने चुरे पहाड कमजोर हुँदै जाँदा पहिरो जाने क्रम बढेको छ । अवैधरुपमा वन फडानी र ढुंगागिटी निकासी गर्दा चुरे पहाड कमजोर बन्दै गएको हो ।

चुरे संरक्षणका लागि सिन्धुली, महोत्तरी, धनुषा, सर्लाही, रौतटहलगायतका वन कार्यालयले प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । जसका कारण चुरे वनमा अवैध फँडानी र चोरी निकासी बढेको स्थानीय बताउँछन् ।

चुरे भावर वन क्षेत्रमा रहेका सिन्धुलीका दूधपानी, लोटाहा, उत्तमपुर, रानीबास, निपानेलगायतका मानव बस्ती विस्थापित हुने क्रममा छन् । ती क्षेत्रका वन्यजन्तु र चराचुरुङ्गीका बासस्थान पनि लोप हुँदै गएका छन् ।

वन क्षेत्रमा भइरहेको विनासले सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीका पानीका स्रोतसमेत सुक्दै जाँदा उत्पादनमा असर परेको छ भने हजारौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत हुन थालेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...