चितवनको दासढुंगामा बस र ट्रक ठोक्कियो, २८ जना घाईते

news

चितवन, भदौ ९ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा बस र ट्रक ठोक्किंदा २८ जना यात्रु घाईते भएका छन् ।

शनिबार बिहान ६ः३० बजेको समयमा दाङबाट काठमाडौं जाँदै गरेको ना७ख ७३३५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ४७०४ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाईते सबै यात्रुको उद्धार गरिएको छ । घाईतेमध्ये २४ जनाको शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसका चालकको अवस्था भने गम्भिर छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...