इटहरी पाथीभरा गोल्डकपको सेमिफाइनलमा

news

सन्तोष पुर्कुटी (इमेज)

ताप्लेजुङ, भदौ १२ । राष्ट्रिय जागृति क्लब इटहरी ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङ, भारतलाई टाइब्रेकरमा ३–० ले पराजित गर्दै इटहरी सेमिफाइनलमा पुगेको हो ।

खेलको निर्धारित् समयमा दुवै टिमबाट कुनै गोल हुन सकेन । थप गरिएको अतिरिक्त समयमासमेत कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा इटहरीका रमेश राजवंशी, दीपेन तामाङ र उमेश कार्कीले गोल गरे । खर्साङका खेलाडी गोल गर्नबाट चुके ।

प्रतियोगिताअन्तर्गत् बुधबार हुने खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडौं र एम्ब्रोज क्लब मोरङ आमने–सामने हुने आयोजकले जनाएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेलमैदानमा भइरहेको प्रतियोगिताको विजेताले तीन लाख एक हजार १११ र  उपविजेताले एक लाख ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...