इजिप्टमा ७५ जनालाई मृत्युदन्डको सजाय, ४७ लाई आजीवन कारावास

news

काठमाडौं, भदौ २३ । इजिप्टमा सन् २०१३ मा चर्किएको हिंसामा दोषी पाएका ७५ जनालाई मृत्युदन्डको सजाय सुनाइएको छ ।

इस्लामिक नेताहरुसहित ४७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

सन् २०१३ मा राष्ट्रपति मोहम्मद मुर्सीलाई सत्ताच्यूत गरेपछि उनका समर्थकहरुले राजधानी कायरोमा गरेको प्रदर्शनमा सयौंजना सेनाको कारबाहीमा मारिएका थिए ।

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले यो निर्णय निष्पक्ष नभएको र यसले इजिप्टको संविधानकै उल्लंघन भएको जनाएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया