इमेज लोक कलाकार अडिसनको अन्तिम तयारीः कहाँ कहिले हुँदैछ अडिसन् ?

news

काठमाडौं । इमेज च्यानलले बर्षेनी आयोजना गर्दै आइरहेको ‘कोल्गेट इमेज लोक कलाकार सिजन–२’को तयारी अन्तिम चरणमा पुगेको छ ।

लोक संगीतको प्रवद्र्धन र लोक गायन प्रतिभाको खोजी अभियान अन्तर्गतको यस कार्यक्रमका लागि सयौं प्रतिभाहरुले धमाधम नाम दर्ता गराइरहेको आयोजकले जनाएको छ ।

‘लोक संगीतको महासंग्राम’ नारा दिएको प्रतियोगिताका अडिसनहरु विभिन्न स्थानमा आयोजना हुँदैछन् । भाद्र ३० गते पोखरमा अडिसनको तयारी भइरहेको छ ।

असोज ३ गते चितवनको सौराहामा र असोज ६ गते बुटबलमा अडिसन हुँदैछ । प्रतियोगितामा उत्कृष्टलाई विभिन्न आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

अडिसनमा चर्चित लोक गायक तथा संगीतकारहरुले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

पुरुषोत्तम न्यौपाने, अमर विरही गुरुङ, शान्ति गुरुङ, शान्ति गुरुङ, बीबी अनुरागी, प्रजापती पराजुली लगायतका ख्यातिप्राप्त ब्यक्तिहरुले निर्णायकको भूमिका निर्वाह गर्ने उप-कार्यकारी निर्माता अनुषा पौडेलले जानकारी दिइन् ।

कहाँ कहिले हुनेछ अडिसन ?

-पोखरा अडिसन भाद्र ३० गते: होटेल स्वप्न बाग ,सेन्टर पोइन्ट ,लेकसाइड 

-चितवन अडिसनः  असोज ३ गते –जङ्गल सफारी लज ,सौराहा

-बुटवल अडिसन असोज ६ गते ,द एसआर होटेल ,शंकर टावर ,ड्राइभर टोल, तिलोतमा बुटवल

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया