भारतमा बस दुर्घटना, कम्तीमा ४५ जनाको मृत्यु

news

हैदरावाद, भदौ २६ । भारतको तेलंगाना राज्यको जगतियाल जिल्लामा मंगलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ ।

यात्रीले खचाखच भरिएको राज्य सन्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्री सवार रहेको पनि प्रहरीले जनाएको छ ।

मृत्यु भएकामा अधिकांश महिला छन् । घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।

उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तीर्थयात्री लिएर फर्कंदै थियो । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया