ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा उम्मेदवार नबन्ने घोषणा

news

ब्राजिल, भदौ २७ । ब्राजिलमा भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका पूर्वराष्ट्रपति लुला डि सिल्भाले राष्ट्रपतीय चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

यसअघि चुनावमा भाग लिने निर्णय गरेका उनले एक पत्रमार्फत चुनाव नलड्ने घोषणा गरेका हुन् । उनलाई चुनावसम्बन्धी एक उच्च अदालतले यसअघि नै चुनावमा लड्न नपाउने निर्णय गरिसकेको थियो ।

७२ वर्षीय लुला १२ वर्षको जेल सजाय भोगिरहेका छन् । सन् २००३ को जनवरीदेखि सन् २०१० को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति रहेका उनी भ्रष्टाचारको अभियोगमा कारागार सजाय भागिरहेका छन् ।

उनको ठाउँमा वर्कस पार्टीले फर्नान्डो अडाडलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया