चीनको हुनानमा अन्धाधुन्ध कार हाँक्दा ९ जनाको मृत्यु, ४३ घाइते

news

काठमाडौं । चीनको दक्षिणी हुनान प्रान्तको हेगयांग शहरको व्यस्त चोकमा एक व्यक्तिले अन्धाधुन्ध कार हाँक्दा झण्डै एक दर्जन व्यक्तिको मृत्यु भएको छ ।

घटनामा कम्तिमा पनि ९ व्यक्ति मारिएको र ४३ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार साँझ पौने आठ बजे बिनजियांग चोकमा रातो रङको एसयूवी कारले थुप्रै व्यक्तिहरुलाई ठक्कर दिएको थियो ।

स्थानीय संचार माध्यमहरुले त्यसक्रममा केही व्यक्तिहरुमाथि चक्कु प्रहार भएको पनि बताएका छन् ।

सुरक्षा अधिकारीहरुले कार चलाउने व्यक्ति आपराधिक पृष्ठभूमीको रहेको र उसलाई पक्राउ गरिएको जनाएका छन् ।

घटनामा चरमपंथीहरुको संलग्नता रहे या नरहेको बारेमा भने केही खुलाइएको छैन ।(एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया