इलामका महिलाहरु प्रसूति गराउन छिमेकी जिल्लाको भर पर्नुपर्ने बाध्यतामा

news

इलाम । इलामका महिलाहरु प्रसूति गराउन छिमेकी जिल्लाको भर पर्नुपर्ने बाध्यतामा छन् ।

जिल्लाका ५० प्रतिशत भन्दा बढी महिला अहिले प्रसूति गराउनकै लागि झापासम्म पुग्ने गरेका छन् ।

इलामको एक मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा सामाग्री अभाव र कर्मचारी अपुगहुँदा महिलाहरु प्रसूतिको लागि जोखिम मोलेर झापासम्म पुग्ने गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा २० वर्ष भन्दा कम उमेरका ७ सय ५० जना महिलाले पहिलो पटक गर्भ जाँच गराएका छन् ।

यी मध्ये ३ सय ३ जना महिलाले मात्र इलामका स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएका छन् । ४ सय ४७ ले जिल्ला बाहिरबाट प्रसूति सेवा लिएका पाइएको छ ।

सोही आर्थिक वर्षमा २० वर्ष भन्दा बढि उमेर समूहका २ हजार १ सय जना महिलाले पहिलो गर्भ जाँच गराएका थिए ।

जिल्लामा जम्मा १ हजार ४ सय ४६ जना महिलाले इलाम अस्पतालसहित जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिइएका पाइएको छ ।

स्वास्थ्य जाँच गराएका मध्ये ३० प्रतिशत महिलाले मात्र जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने गरेका छन् । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया