झापामा दुई लाख मुल्य बराबरको पटका बरामद

news

झापा । चाडपर्व नजिकिएपछि भारतसँग सीमाना जोडिएका क्षेत्रबाट अबैधरुपमा नेपालतर्फ पटका भित्रनेक्रम सुरु भएको छ ।

पूर्वको मुख्य नाका काँकडभिट्टा भन्सारमा चेकजाँचमा कडाइ गरेपछि झापाको दक्षिणी क्षेत्रलाई प्रयोग गर्दै अबैध रुपमा पटका भित्रन थालेको हो ।

भद्रपुरबाट मात्र प्रहरीले दुई लाख मुल्य बराबरको पटका बरामद गरेको छ ।

जिल्ला प्रहरी कर्यालय झापाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले दुई लाख मुल्य बराबरको पटका बरामद गरेको हो ।

भद्रपुर नगरपालिका– ३ स्थित बगान क्षेत्रबाट बोरामा लुकाई साइकलमा ल्याईंदै गरेको पटका प्रहरीले बिशेष सुराकीको आधारमा आज बरामद गरेको जनाएको छ ।

पटका ल्याउने ब्यक्तिहरु भने साइकल छाडेर फरारा भएका छन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया