हत्या, हिंसाका घटना नियोजितरुपमा गराइएको हुनसक्छ : दाहाल

news

काठमाडौं, भदौ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजमा बढ्दै गएको हत्या, हिंसाका घटनाहरु नियोजित हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार राजधानीमा लेखनाथ न्यौपानेको पुस्तक ‘संघर्षको इतिहास’को विमोचनकाक्रममा दाहालले समृद्धिको यात्रामा अघि बढेको दुईतिहाइ बहुमतको सरकारलाई नराम्रो देखाउने कोसिस भइरहेको हुनसक्ने बताए ।

एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव ११ वर्षअघि नै आफूले गरेको र पार्टीका नेताहरु पनि सहमत भएको उनको दाबी थियो ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देश अहिले इतिहासको सबैभन्दा सुन्दर मोडमा रहेको भन्दै उत्तिकै जोखिमपूर्ण पनि रहेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया