निर्मला हत्या प्रकरणः निलम्बित एसपी विष्टसहित तीनजनाको डीएनए परीक्षण गरिँदै

news

काठमाडौं, भदौ २८ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानकाक्रममा कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा हाल निलम्बनमा रहेका एसपी विष्ट, उनका छोरा किरण विष्ट र कन्चनपुरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण अघि बढाइएको जनाइएको छ ।

अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले उनीहरु तीनैजनाको रगतको नमुना लिएको हो ।

यसअघि, प्रहरीले अभियुक्त भन्दै थुनामा राखिएका कन्चनपुरका दिलीपसिंह विष्टको पनि डीएनए परीक्षण गरिएको थियो । डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई रिहा गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया