असोज दोस्रो साता राजधानीमा फुड एन्ड बेभरेज महोत्सव

news

काठमाडौं, भदौ २८ । आगामी असोज दोस्रो साता राजधानीमा फुड एन्ड बेभरेज महोत्सव हुने भएको छ ।

हाउस अफ राजकर्णिकारले वर्षेनि गर्दै आएको यस्तो महोत्सवको अर्को संस्करण भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा हुँदैछ ।

महोत्वसव असोज १२ देखि १५ गतेसम्म चल्ने जनाइएको छ ।

आयोजक हाउस अफ राजकर्णिकारले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘रुस्लन फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०१८’बारे विस्तृत् जानकारी गराएको हो ।

संस्थाले यसै वर्षदेखि ‘होट्रीमाई’ र ‘आर्की’सँग साझेदारी गरेको पनि जनाएको छ ।

३० देखि ४० हजारले सो महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

मेलाले उपभोक्ताहरुलाई उत्पादन तथा उत्पादकहरु, सेवा तथा सप्लायर्सहरुको बृहत् छनोटको अवसर दिने आयोजकले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया