७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


साफ महिला फुटबल च्याम्पियनसिपको समूह विभाजन, नेपाल कुन समूहमा ?


0
Shares

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको समुह चरणको ड्र अर्थात समूह विभाजन हिजो बंगलादेशमा सम्पन्न भएको छ ।

डिसेम्बर १७ देखि २६ सम्म हुने प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन ।

तर श्रीलंकाले प्रतियोगिता आयोजना गर्ने संभावना बलियो रहेको छ ।

हिजो सार्वजनिक गरिएको समूह विभाजन अनुसार नेपालले समुह चरणमा  बंगलादेश, भुटान र पाकिस्तानसँग खेल्नेछ ।

हालै बंगलादेशमा सम्पन्न पुरुषहरुको साफ च्याम्पियनसिपमा पनि नेपालले समुह चरणमा यीनै तिन टोलीसँग खेलेको थियो ।

महिला च्याम्पियनसिपको अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारत सँग पराजित हुँदै घर फर्केको थियो ।

त्यसअघिका संस्करणमा भने नेपाल फाइनलमा भारतसँग पराजित हुँदै आएको थियो ।

यसपटक हुने प्रतियोगिता साफ महिला फुटबल च्याम्पियनसिपको पाचौं संस्करण हो ।