कपिलबस्तुमा गणेश चतुर्थी मनाइँदै

news

बासुदेव बर्मा/ईमेज:

कपिलबस्तु । भारतको मुम्बईमा मनाउने गणपति बिगत तीन बर्ष देखि कपिलबस्तुको सदरमुकाम तौलिहवामा पनि मनाउन सुरु भएको छ ।

गणेश चतुर्थीको दिन देखि झांकी निकाली तीन दिनसम्म भगवान गणेशको पूजा गर्ने चलन रहेको हुँदा बिहीबार यहाँ पनि भगवान गणेशका प्रतिमा निकाली बिधिवत रुपमा पूजाआजा गरी स्थापना भएको हो ।

तराई मधेशको जिल्लाहरुमा हरितालिका तीजसंगै धुमधाम तथा नियम र निष्ठा पूर्वक गणेश चौथी एवं चौरचन पर्व आज मनाएका छन् ।

उदाउँदो चन्द्रमालाई ब्रत बसेका महिलाहरुले साँझ घर आङ्गनमा गाईको गोवरले लीप पोत गरी चमलको लेदोले अरिपन बनाएर त्यस माथि चन्द्रमालाई अर्पणका लागि तयार पारिएको खीरपुरी, विभिन्न प्रकारको मिष्ठान्नहरु सामाग्रीहरु राखेर कथा सुन्ने चलन रहेको छ ।

पूजा भएपछि घरका हरेक व्यक्तिले उचालेर दर्शन गर्ने गरेको छ ।

पूजा सम्पन्न भएपछि प्रसादको रुपमा वितरण गर्ने तथा ब्रति आफैंले पनि दिनभरीको उपवास पनि खाने चलन रहेको संस्कृतबिद्हरु बताउँछन् ।

दिनभरी उपवास बसेकी महिलाहरुले अर्घदान दिएपछि पूजा सम्पन्न भएको मानिन्छ ।

परिवारको कल्याण र धनधान्यका लागि चौठचन्दको पूजा गर्ने चलन छ ।

पूजा सम्पन्न भएलगत्तै सम्पूर्ण परिवार एकै स्थानमा बसेर प्रसाद खाने चलन रहेको र यसबाट एक आपसमा सद्भाव र पे्रम बढ्ने बिद्हरु बताउँछन् ।

भाद्र शुक्ल चतुर्थी तिथि बेलुकी चन्द्रमाको दर्शन गरेमा मिथ्या कलङ्क लाग्ने जनविश्वास रहिआएको छ ।

भविष्यपुराणमा उल्लेख गरिए अनुसार द्वापरयुगमा भगवान् कृष्णलाई स्यमन्तक मणि चोरी गरेको भनेर मिथ्या कलङ्क लागेपछि सोको निवारणका लागि उनले पनि चौंठचन्द्रको विधिपूर्वक पूजा गरेर मिथ्या कलङ्कबाट मुक्त भएको कथन छ ।

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया