हरिवन नगरमा पूर्वनिर्धारित करमा ७५ प्रतिशतसम्म छुट (भिडियो)

news

प्रकाश मैनाली/ईमेज:

सर्लाही । अधिकांश स्थानीय तहकमा कर बढेको गुनासो आइरहेको बेला सर्लाहीको हरिवन नगरपालिकाले भने सम्पति करको दरमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

नगरपालिकाको यस्तो निर्णयले अधिकांश जनता त खुसी छन् त्यसमा पनि अन्य स्थानीयपालिकालाई पनि यसले सन्देशको काम गरेको छ ।

सर्लाहीमा रहेका २० स्थानीय तहमध्ये हरीवन, ईश्वरपुर, लालबन्दी, बाग्मति र मलंगवा नगरपालिकाले  मालपोत कार्यालयले गरेको जग्गा मूल्यांकनमा आधारमा एकाएक कर बढाएका थिए ।

जसको स्थानीयवासीले विरोध र व्यापक असन्तुष्टि जनाएका थिए ।

अस्वाभाविक रुपमा ५ स्थानीयले तहले कर बढाएपछि स्थानीयवासी मारमा परेका थिए । तर यस निर्णयलाई सर्लाहीको हरिवन नगरपालिकाले भने सच्याएको छ

नगरपालिकाले  मालपोत कार्यालयले जग्गाको मूल्यांकन गरेअनुसार नै लगाएको थियो तर एक्कासी मूल्यांकन दर ह्वात्तै बढेपछि जनता मारमा परेको भन्दै आफूहरुले पूव निर्धारित करको दरमा ७५ छुट गरेको हरिवननगर प्रमुख गणेश प्रसाई बताउँछन् ।

करको दर बढाउनु भन्दा करको दायरा फराकिलो बनाएमा विवाद नआउने प्रसाइँको भनाइ छ ।

जनताको आय हेरेर मात्र कर लगाउने नीतिमा हरिवन नगरपालिका अघि बढेको छ । नगरपालिकाले करको विषयमा उदारता देखाएकोले स्थानीयवासी पनि खुसी बनेका छन् ।

तर हरिवनबाहेकका ईश्वरपुर, लालबन्दी, बाग्मति र मलंगवा नगरपालिकाले भने करमा कुनै पुनर्विचार गरेका छैनन् । जसका कारण विवाद कायमै छ ।

जनभावना र क्षमताअनुसार करको दर निर्धारण गर्न सके स्थानीयको समेत विश्वास बढ्नेछ ।

करको दर मात्र नभइ दायरा बढाउन सके करको विषयमा अनावश्यक विवाद झेल्नु पर्दैन । यसमा जनप्रतिनिधि सतर्क हुनु आवश्यक छ ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया