‘जनस्वास्थ्य विधेयक, २०७५’ पारित

news

काठमाडौं, भदौ २९ । ‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।

विधेयक पारित गरियोस् भनी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।

यसअघि, मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।

छलफलमा सांसद प्रेम सुवाललेमात्र भाग लिए । विधेयककाबारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको उनले गुनासो गरे ।

सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकमा सरकारी, सहकारी र गैरसरकारी संस्थाले सन्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवं नियमन गर्ने विषय समेटिएको बताए ।

रोग लाग्नबाटै जोगाउने र लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको उनको भनाइ थियो ।

बैठकले विधेयकको दफा १ देखि ६० सम्म समितिले गरेको संशोधनलाई अंग बनाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया