सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक पारित

news

काठमाडौं, भदौ २९ । ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।

विधेयक पारित गरियोस् भनी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्ताव पेस गरेका थिए ।

यसअघि, मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।

सांसद प्रेम सुवाल र दुर्गा पौडेलले छलफलमा भाग लिएका थिए । उनहरुले गर्भपतनको अधिकार आमालाई हुनुपर्ने, एक वर्ष बिदा नलिनेले के गर्ने भन्ने व्यवस्था हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

समितिले संशोधन गरेको सो विधेयकको दफा १ देखि १२ सम्मको संशोधनलाई अंग बनाउने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

यसैगरी, विधेयकको दफा २ देखि ३७ सम्मका संशोधन पनि सर्वसम्मति पारित भएको छ । विधेयकको नाम र प्रस्तावना पनि सर्वसम्मतिले पारित भएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया