‘विवादित क्षेत्रबाटै किन नाका खोल्न चीनले सम्झौता गर्‍यो ?’

news

काठमाडौं, भदौ २९ । पश्चिम नेपालको कालापानी, लिपुलेकलगायतका त्रिदेशीय सीमा क्षेत्रलाई चीन र भारतले एकतर्फीरुपमा व्यापारिक नाका बनाउने सहमति गरेको विषयलाई नेपाल सरकारले गम्भीरताका साथ लिनुपर्ने सीमाविद्हरुले बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले लिपुलेकलाई चीन र भारतबीचको व्यापारिक नाका बनाउने सम्झौतालाई नेपालले बेलैमा सच्याउनुपर्ने बताए ।

उक्त क्षेत्र विवादित सीमा क्षेत्र हो भन्ने कुरा भारतले बेलामौकामा बिर्सने गरेको भन्दै उनले ‘विवादित क्षेत्रबाटै किन नाका खोल्न चीनले सम्झौता गर्‍यो ? भन्ने विषय गम्भीर छ’–भने ।

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सीमा क्षेत्रमा बढ्दै गएको असुरक्षाले विकृतिहरु ल्याउने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, प्रदेश नम्बर–३ का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सीमा क्षेत्र हुँदै आवत–जावत गर्न परिचयपत्रको व्यवस्था गरेरमात्र सीमा सुरक्षा नहुने भन्दै सबै युवाहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया