‘डलरको भाउ बढ्दा मूल्यवृद्धिमा चाप पार्छ’

news

काठमाडौं, भदौ २९ । अमेरिकी डलरको भाउ बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्न थालेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा तोक्यो ।

मंगलबार हालसम्मकै उच्च प्रतिडलरको मूल्य ११६ रुपैयाँ २३ पैसा पुगेको थियो ।

डलरको भाउ बढ्दै जाँदा आयातमुखी हाम्रो अर्थतन्त्रलाई असर पार्ने विज्ञ बताउँछन् ।

भारतीय मुद्रासँगको स्थीर विनिमय दरका कारण डलरको तुलनामा भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली मुद्रा पनि कमजोर बनेको हो ।

निर्यातको तुलनामा आयात बढी हुँदा त्यसले मूल्यवृद्धिको चाप पार्नेछ । यसले मूल्यवृद्धि बढाउनेछ ।

निर्यातभन्दा आयात बढी हुँदा डलरको भाउ बढ्दा मूल्यवृद्धिमा चाप पार्ने बताउँछन्, व्यवसायी कमलेशकुमार अग्रवाल ।

भारतसँगको व्यापार घाटा डलरकै कारण थप बढ्ने बताइएको छ ।

डलरको भाउ बढ्दा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । जसका कारण नेपाल आयल निमगले पटक–पटक पेट्रोलियम पदार्थको भाउ बढाइसकेको छ ।

डलरको भाउ बढ्दा फाइदा हुने भनेको रेमिट्यान्समामात्रै हो । रेमिटेन्स अर्थतन्त्रको एउटा सानो हिस्सामात्र भएकाले यसमा हुने फाइदाले समग्र अर्थतन्त्रमा भने खासै फरक पार्ने देखिँदैन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया