के गर्दैछ छानबिन समिति ? निर्मला पन्तको हत्यारा पत्ता लाग्ला त ! (भिडियो)

news

काठमाडौं, असोज ३ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुग्न लाग्दा पनि हत्यामा संग्लनको पहिचान हुन सकेको छैन ।

निर्मलाका अपराधीले उन्मुक्ति पाउने सम्भावना देखेपछि निर्मलाका निम्ति न्याय माग गर्दै काठमाडौं आएका उनका आमाबाबु र अधिकारकर्मीहरु पनि कञ्चरपुर फर्किएका छन् ।

यसैबीच प्रहरी प्रधान कार्यालयले पछिल्लो पटक गठन गरेको समितिले निलम्बनमा परेका प्रहरी अधिकारीहरुबाटै अनुसन्धान शुरु गरेको छ ।

निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरी प्रधान कार्यालयले पछिल्लो पटक डिआईजी धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय छानबिन टोली गठन गरेको छ । विगतमा भएका जटिल आपराधिक काण्डको सफलतापूर्वक छानबिन गरिसकेका प्रहरी अधिकृतहरु समावेश गरी यो समिति बनाइएको हो ।

समितिले निलम्बनमा परेका प्रहरीहरुलाई काठमाडौं बोलाएर बयान लिन शुरु गरिसकेको छ । अनुसन्धानमा अरु प्रहरी पनि तानिन सक्ने सम्भावना बढेको छ ।

अनुसन्धानमा लापरवाही गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदिश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामी निलम्बनमा परेका छन् ।

डिआइजी बस्न्यातको समितिले उनीहरुबाटै अनुसन्धान शुरु गरेको हो ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया