काठमाडौं, असोज ३ । संघीय गणतन्त्र नेपालको संविधान जारी भइ चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुले दीप प्रज्ज्वलन गरेका छन् ।
माइतीघर मन्डलामा उनीहरुले मैनबत्ती बालेर संविधान दिवस मनाएका हुन् ।
कम्युनिस्ट पार्टीहरुकै कारण संविधान जारी हुन सम्भव भएको भन्दै कार्यक्रमका सहभागीहरुले यसको सफल कार्यान्वयनमा जोड दिएका थिए ।
प्रतिक्रिया