सबै असन्तुष्ट पक्षसँग वार्ता हुन्छ : संयोजक पाण्डेय

news

काठमाडौं, असोज ५ । उच्चस्तरीय राजनीतिक अधिकारसम्पन्न वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेयले समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित सबै विद्रोही तथा असन्तुष्ट पक्षसँग वार्ता गरी दिगो शान्ति कायम गर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले कम्युनिस्ट पार्टीसँग वार्ता गर्न सरकार सकारात्मक रहेको बताउँदै जाहेरी र उजुरीका आधारमा खड्गबहादुर विश्वकर्मा थुनामा परेको जानकारी दिए ।

गत भदौ २५ गते सबै राजनीतिक दल तथा असन्तुस्ट पक्षलाई वार्ताका लागि आह्वान गरिसकिको बताउँदै उनले केही राजनीतिक दल तथा समूहलाई समितिले पत्र पठाएको र बाँकी केही समूहलाई केही दिनभित्रै पत्राचार गर्ने जानकारी दिए ।

उनकाअनुसार वार्ताका लागि सात समूहलाई पत्राचार गरिसकेको तथा १२ समूह सम्पर्कमा आएका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...