घरमै असुरक्षित भए बालिका

news

काठमाडौं, असोज ६ । इलामको देउमाइ नगरपालिकाकी १३ वर्षीय बालिकालाई घरज्वाइँ बसेकै फुपाजुसमेतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको उजुरी जिल्ला प्रहरी कार्यालयमा पर्‍यो । आफ्नी नातिनीमाथि फुपाजुसहित ११ जनाले विभिन्न समयमा बलात्कार गरेको भन्दै हजुरबुवाले उजुरी दिएपछि प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

गत जेठमा इलाम नगरपालिका–९ का ३० वर्षे सूर्यमान बस्नेत आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परे । बस्नेतले ११ वर्षीया छोरीमाथि बलात्कार गरेको कुकृत्य लुकाउन अर्की ६ वर्षीया छोरीलाई निर्घात कुटपिट गरी गम्भीर घाइतेसमेत बनाए । बस्नेत अहिले पुर्पक्ष थुनामा छन् ।

बलात्कारका कारण ६ महिनाको गर्भ बोकेकी सूर्योदय नगरपालिकाकी १४ वर्षीया बालिका जेठमै महिला तथा बालबालिका कार्यालयको शरणमा पुगिन् । उनको किटानी उजुरीपछि प्रहरीले पक्राउ गरेका चार पुरुषमा उनका हजुरबुवादेखि दाजुभाइसमेत छन् ।

बालिका घरपरिवारका सदस्यबाटै बलात्कृत भएका घटना पछिल्लो समय बढ्दै गएका छन् । –नागरिक दैनिकबाट

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया