महिला संघले ७७ ओटै जिल्लामा प्रदर्शन गर्ने

news

काठमाडौं, असोज ६ । नेपाल महिला संघले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ ओटै जिल्लामा प्रदर्शन गर्ने भएको छ ।

संघले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी बालिका निर्मला पन्त हत्याको दोषी पत्ता लगाइ कारबाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते (आइतबार) देशभर विरोध गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनमा संघका अध्यक्ष उमा रेग्मीले आइतबार देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिँदै काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त विरोधर्‍याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउन लागेको बताइन् ।

अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिला संघले निरन्तर आन्दोलन गर्ने बताइन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया