शशांकद्वारा पार्टी नेतृत्व सम्हाल्ने इच्छा व्यक्त

news

नवलपुर, असोज ६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी नेतृत्व सम्हाल्ने इच्छा व्यक्त गरेका छन् ।

शनिबार नेपाल प्रेस युनियन नवलपुरको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्न पूर्वी नवलपरासी आएका महामन्त्री कोइरालाले आफू पार्टी नेतृत्वका लागि तयार भएको संकेत गर्दै इच्छा व्यक्त गरेका हुन् ।

कार्यक्रममा बीपी कोइराला स्वतन्त्र प्रेसको पक्षमा लड्दै आएको इतिहास सुनाउँदै उनले नेपाली कांग्रेसलाई प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस गन्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले वाम गठबन्धन सरकारले प्रेसलाई हस्तक्षेप गरेर जनताका अधिकारलाई कुन्ठित पार्न खोजेको जिकिर गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...