इरानमा सैन्य परेड भइरहेको स्थलमा आक्रमण, २४ जनाको मृत्यु, ५३ घाइते

news

तेहरान (इरान), असोज ६ । इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २४ पुगेकोे छ ।

सैन्य परेड भइरहेको स्थलमा एक्कासि आतंकवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला र बालबालिकासमेतको मृत्यु भएको जनाइएको छ ।

शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको यहाँको राज्य सन्चालित ‘आइआरएनए’ समाचार संस्थाले जनाएको छ ।

घटनामा ५३ जना घाइते भएका बताइएको छ ।

आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकाले मृतकको संख्यामा थप केही वृद्धि हुने जनाएको छ । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...