मेलम्ची आयोजनाको सिमेन्ट बिक्री गर्नेमाथि कारबाही गर्न मन्त्रीको निर्देशन

news

काठमाडौं, असोज ६ । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।

मन्त्री मगरले शनिबार एक विज्ञप्ति जारी गरी अबउप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयमा नै सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएकी छन् ।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याइएको ३४० बोरा सिमेन्ट आयोजनाका कर्मचारीको मिलेमतोमा निजी पसलमा बिक्री गरिएको पाइएको थियो ।

मन्त्री मगरले राष्ट्रिय गौरवका आयोजना निर्माणको सम्बन्धमा देखिएको यसप्रकारको गम्भीर लापरबाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सीएमसीलाई थप जिम्मेवार भइ काम गर्न सचेत गराएकी छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया