दसैंको टिकट बुकिङ मंगलबारदेखि खुलाउने व्यवसायीको निर्णय

news

काठमाडौं, असोज ८ । दसैंका लागि अग्रिम टिकट बुकिङ मंगलबार (भोलि)देखि खुल्ने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले ९ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि, यही असोज ५ गतेबाट टिकट बुकिङ खुला गर्ने भनिएपनि इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए ।

सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय गरिएको जानकारी दिए ।

बढाइएको १० प्रतिशत भाडाअनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटका नयाँ भाडादर सार्वजनिक गरिसकेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...