नयाँ पुस्ता मूर्तिकला पेसाबाट विमुख हुँदै (भिडियो)

news

प्रतीक्षा खनाल/राममान डंगोल (इमेज)

काठमाडौं, असोज ८ । शताब्दीऔं लामो इतिहास बोकेको नेपाली मूर्तिकलाको विशिष्ठ पहिचान छ ।

तर, विभिन्न कारणवश पुर्ख्यौली मूर्तिकला पेसा अंगाल्नेको संख्यामा कमी आउन थालेको छ । विश्वबजारमा भने नेपाली मूर्तिकलाको माग र मोह घटेको छैन ।

लिच्छविकालदेखि सुरु भएको नेपाली मूर्तिकला मल्लकालीन समयमा अझ विकसित भएको हो । अन्य मूर्तिको तुलनामा धातुबाट निर्मित मूर्तिहरुको माग देश–विदेशमा बढी हुने गरेको छ ।

परम्परागतरुपमा मूर्तिहरुको निर्माण शाक्य र बज्राचार्य समुदायले गर्ने गर्दथे भने अहिले ती समुदायका नयाँ पुस्ता मूर्तिकला पेसाबाट विमुख हुँदै गएका छन् ।

ललितपुरका ६९ वर्षीय काजीरत्न शाक्यले आफू जान्ने भएदेखि नै मूर्तिकलामा लागेको जानकारी दिए ।

आफ्ना छोरा–नाति भने यस पेसाबाट अलग हुँदै गएको पनि शाक्यले बताए ।

आफ्नै इच्छाले झन्डै २२ वर्षदेखि धातु मूर्तिकलामा संलग्न रोशन मानन्धर भने आफ्नो पुर्ख्यौली पेसा नभएपनि यसबाटै जीवनयापन गरिरहेको बताउँछन् ।

काठमाडौं उपत्यकाभित्रकाभन्दा बाहिरका युवाहरु यो पेसातर्फ आकर्षित रहेको पनि उनले बताए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...