‘स्थानीय तह र प्रदेश सरकारको समन्वय अभावले जनतामा भ्रम सिर्जना’

news

बुटवल, असोज ९ । प्रदेश नम्बर–५ को पहिलो प्रदेश समन्वय परिषदको बैठक सुरु भएको छ ।

संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका अधिकार र देखिएका विवादका सम्बन्धमा छलफल गर्न पहिलोपटक प्रदेश समन्वय परिषदको बैठक बसेको हो ।

रुपन्देहीको मणिग्राममा आयोजित बैठकको मंगलबार प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।

सो अवसरमा उनले स्थानीय तह र प्रदेश सरकारको समन्वयका अभावले जनतामा भ्रम सिर्जना भएको बताए ।

मुख्यमन्त्री पोखरेलले कृषक प्रतिस्पर्धी हुन नसकेको भन्दै कृषिमा कर नलगाउनसमेत स्थानीय तहलाई निर्देशन दिए ।

प्रदेश–५ ले कृषि, वन र खनिजमा आधारित औद्योगिक विकासमा जोड दिने नीति अवलम्वन गर्ने उनको भनाइ थियो ।

बैठकमा प्रदेश सरकारले स्थापनादेखि अहिलेसम्म गरेका मुख्य काम जानकारी गराउँदै स्थानीय तहसँग गर्नसकिने सहकार्य र समन्वयका काम सार्वजनिक गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिव दीपेन्द्र काफ्लेले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया