निर्मला हत्याबारे संसदीय समितिमा गृहमन्त्रीले के भने ! (समिति सदस्य रेखा शर्माको अन्तरवार्ता)

news

काठमाडौं, असोज ११ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्ति अझै पहिचान हुन सकेको छैन । घटना भएको दुई महिना बितिसक्दासमेत अपराधी पत्ता लाग्न नसकेको हो ।

उक्त घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानमा त्रुटी देखिएको उच्चस्तरीय छानबिन समितिले जनाएको छ । समितिले गृहमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाइसके पनि प्रतिवेदन सार्वजनिक भएको छैन ।

उक्त घटनाका अतिरिक्त देशभर बढ्दो बलात्कार, हत्यालगायतका घटनाबारे गृह मन्त्रालयको धारणा जान्ने उद्देश्यले राज्यव्यवस्था तथा सुशासन समितिले बुधबार गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेको थियो ।

छलफल कस्तो रह्यो ? के निर्मला पन्तका हत्यारा पत्ता लाग्लान् ? छानविन समितिले बुझाएको प्रतिवेदनमा के छ ? संसदीय समिति सदस्य एवं सांसद रेखा शर्मासँग गरिएको कुराकानी – भिडियोमा हेर्नुहोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया