ढिस्कोले पुरिएर एकजनाको मृत्यु, तीन घाइते

news

ध्रुवसागर शर्मा (इमेज)

म्याग्दी, असोज १२ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२, ज्यामरुककोटमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् ।

शुक्रबार दिउँसो २ बजेतिर फापरेखत सिँचाइ कुलोनजिकै घर लिप्नका लागि रातोमाटो खन्नेक्रममा ढिस्कोले पुरेको हो ।

मृत्यु हुनेमा बेनी नगरपालिका–२, फापरखेतकी ३५ वर्षीया कल्पना बोहरा रहेकी छन् ।

ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बेनपा–२ का वडाध्यक्ष हिराबहादुर थापाले जानकारी दिए ।

वडाध्यक्ष थापाकाअनुसार घाइते हुनेमा बागलुङ नगरपालिका वडा नम्बर–५, मालिकाकी २४ वर्षीया निशा सापकोटा, २३ वर्षीया सिर्जना थापा र बेनी नगरपालिका वडा नम्बर–२ की ५० वर्षीया तेजकुमारी घिमिरे रहेका छन् ।

घाइते सापकोटालाई बागलुङमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । थापा र घिमिरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...