नवलपरासीको पत्थरखोलामा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

news

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१६ पत्थरखोलामा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३२ जना घाईते भएका छन् । बर्दियाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५६२९ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रक आज बिहान ठोक्किँदा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक बाँकेको कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का २४ वर्र्षीय लक्ष्मण थारूको मृत्यु भएको हो ।

ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...