ओली र दाहालबीच छलफल

news

काठमाडौं, असोज १९ । पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल सुरु गरेका छन् ।

असन्तुष्टि मत्थर पार्ने प्रयासस्वरुप उनीहरुबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

प्रदेश नेतृत्वको छनोटसम्बन्धी निर्णय, स्थानीय तहमा पार्टी एकीकरणबारे वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले राख्दै आएको असन्तुष्टिलाई कसरी टुंग्याउने भन्ने विषयमा उनीहरुबीच छलफल भएको हो ।

त्यसैगरी, आगामी सचिवालय बैठक र पार्टीको स्थायी कमिटीको बैठककाबारे पनि छलफल भएको बताइएको छ ।

पार्टी संगठन र सरकार सन्चालनका विषयमा देखिएको विवादलाई आधिकारिक निकायमार्फत् नै टुंग्याउने विषयमा अध्यक्षद्वयबीच सहमति भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले साँझदेखि नै पार्टीका नेताहरुसँग पछिल्लो विकसित राजनीतिबारे चासो राखेको बुझिएको छ ।

उनले स्वदेश फर्कनासाथ दुई/चार दिनमै तल्लो तहको पार्टी एकताको सन्देश सबैले पाउने घोषणासमेत गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...